चलचित्रकर्मीले गरे ‘यात्रा’को प्रसंसा, माउथ पव्लिसिटी बलियो
माउथ पव्लिसिटी बलियो हुँदा चलचित्र ‘यात्रा’ले पिकअप लिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार शनिबार चलचित्रको व्यापार बम्पर छ । निर्माता शुशिल पोखरेलका अनुसार देशभर अधिकांश हलहरुमा चलचित्रले हाउसफूल व्यापार गरेको छ । शुक्रबार ६० प्रतिशत भन्दा बढी ओपनिङ अकुपेन्सी कायम रहेको ‘यात्रा’को शनिबारको अकुपेन्सी ८५ प्रतिशत आसपासमा रहने जनाइको छ ।
चलचित्र हेरेका दर्शकहरुले ‘यात्रा’लाई रुचाएको निर्माता पोखरेलको भनाई छ । चलचित्रको विषय वस्तु नयाँ हुनुका साथै कलाकारको अभिनयले पनि दर्शकको मन जितेको निर्माण पक्षको भनाई छ । निर्देशक र छायाँकारले पनि दर्शक र चलचित्रकर्मीको मन जितेका छन् ।
यता शुक्रबार साँझ विशेष शोको आयोजना गरि चलचित्रकर्मी र चलचित्र पत्रकारहरुलाई ‘यात्रा’ देखाइएको छ । विशेष शोमा उपस्थित चलचित्रकर्मीहरु दिपाश्री निरौला, दिपकराज गिरी, रेखा थापा, रमेश उप्रेति, दिनेश डिसी, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरे, अपिल विष्ट, दिवाकर भट्टराई, माधव वाग्ले, सुवास थापा, गोपालकाजी कायस्थलगायतले ‘यात्रा’को तारिफ गरेका छन् ।

निर्देशक दिपाश्री निरौलाले ‘यात्रा’ हेरेपछि कलाकारको कामको तारिफ गरेकी छिन । उनले लोकेशन र खिचाइको समेत तारिफ गर्द हेरुन्जेल मज्जा आउने बताएकी छिन । यस्तै हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि ‘यात्रा’को प्रसंसा गरेका छन् । अत्यन्त राम्रो चलचित्र हेरियो भन्दै सितारामले विशेष गरि मलिका महतको कामको तारिफ गरे । उनले चलचित्रको अन्त्य तिर देखाइएको सस्पेन्स पाटो पनि आफुलाई राम्रो लागेको बताए । यस्तै कुञ्जनाले पनि नयाँ कलाकारको कामको तारिफ गरेकी छिन । पुराना गीतको प्रयोग निकै राम्रो लागेको बताउँदै उनले सबै उमेर समुहका दर्शकको मन जित्न सफल हुने विश्वास लिइन ।
यता कलाकार तथा निर्देशक दिनेश डिसीले पनि खुलेरै ‘यात्रा’को प्रसंसा गरेका छन् । डेढ वर्ष पछि विशेष शोमा उपस्थित भएर चलचित्र हेरेको भन्दै दिनेश डिसीले ‘यात्रा’लाई उद्देश्य मुलक, युवा केन्द्रित र विचार सहितको चलचित्र भनेका छन् । उनले केशव भट्टराई विकास बोर्डको अध्यक्ष भएकोले उनले बनाएको चलचित्र अरुका लागि उदाहरणिय हुनुपर्ने आफुलाई लागेको भन्दै त्यसलाई जित्न सफल भएको बताएका छन् । निर्देशक र छायाँकारको तारिफ गरेका डिसीले ‘यात्रा’ जस्तो चलचित्र चलेन भने त्यो दुर्भाग्य हुने बताए । यस्तै कलाकार रमेश उप्रेतिले चलचित्रको प्रिजेन्टेसन र विषय नयाँ लागेको बताएका छन् । उनले रमाइलो चलचित्र भन्दै दर्शकलाई नयाँ टेष्ट दिने विश्वास लिए । यता निर्देशक दिवाकर भट्टराईले राम्रो कन्टेन सहितको चलचित्र भन्दै ‘यात्रा’को प्रसंसा गरेका छन् ।
चलचित्र हेरेका धेरै चलचित्रकर्मीको तारिफ पाएकी मलिका ‘यात्रा’मा दृष्टिविहिन भुमिकामा देखिएकी छिन । मलिकाको स्वभाविक अभिनय मात्र होइन सलिन मान बनिया, सलोन बस्नेत र रेअर राईको कामको समेत प्रसंसा भएको छ । निर्देशक अपिल बिष्टले अघिल्लो चलचित्रको तुलनामा सलिनको काम अव्वल पाएको जनाए । दर्शकलाई हसाउन अनि रुवाउन सफल चलचित्रका निर्देशक सम्राट शाक्यले पहिलो चलचित्रबाट प्रशस्त सम्भावना देखाएका छन् । झण्डै २३ वर्षको चलचित्र ‘यात्रा’ अनि झण्डै ८० चलचित्रमा सहायक भई काम गरेको अनुभव र सिकाईको प्रतिफल ‘यात्रा’मा झल्किन्छ ।
यता दर्शकसँग प्रत्यक्ष अन्र्तक्रिया गर्न कलाकार र निर्देशक सहितको टिम विभिन्न हलमा पुगेका छ । जहाँ कलाकारको क्रेज झल्किएको छ । राजधानीको गोपीकृष्ण लगायतका हलहरुमा कलाकारसँग सेल्फि खिच्न चाहनेहरुको भिड बाक्लै थियो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
