‘रङ डेस्टिनेशन २’ को ‘ब्रेक डान्स’ सार्वजनिक
सिमा गुरुङ निर्देशित चलचित्र ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मुना शाहको शब्द, समिक्षा अधिकारी र ओम सुनारको स्वर र गायक सुनारकै संगीत रहेको छ ।
गीतको भिडियो डान्सिङ फेवरमा तयार गरिएको छ । जसमा कलाकार आयशा तामाङ र किरण श्रेष्ठ देखिएका छन् । कल्चरल ड्रेस र कोरस समेत प्रयोग गरिएको गीतको भिडियोमा कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन् ।
फुलमुन मोसन फिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र हरर र थ्रिलर कथामा निर्माण भएको जनाइएको छ । चलचित्रमा किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्वल, सञ्जय थापा, सकल रेग्मीलगायतका कलाकारको अभिनय छ ।
चलचित्रका कार्यकारी निर्माता सुगन तन्दुकर हुन् भने निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । विदेशका बिभिन्न फेष्टिभलको प्रदर्शनपछि मात्र चलचित्र स्वदेशमा प्रदर्शन गरिने निर्देशक सिमा गुरुङले बताइन् । चलचित्रमा सञ्जय थापाको द्धन्द्ध, रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
