तीनदिने महिला चलचित्र महोत्सव सम्पन्न
महिलाप्रधान नाटक प्रस्तुत गर्दै राजधानीमा जारी तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । चलचित्र प्रदर्शन, अन्र्तक्रिया, नाटक प्रदर्शन लगायतका बिबिध कार्यक्रहरु सहित बिभिन्न महिला चलचित्रकर्मीलाई सम्मान गर्दै महोत्सव सम्पन्न भएको हो ।
चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तिकरण समितिद्वारा आयोजित महोत्सवको समापनमा विभिन्न विधाका सातजना महिला स्रष्टाहरूलाई सम्मान गरिएको छ । सामाजिक अभियन्ता अनुराधा कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभिनेत्रीहरु करिश्मा मानन्धर, रश्मी भट्ट, पशुपति राई र थिन्ले ल्हामो, सौन्दर्यकर्मी शोभा श्रेष्ठ, चलचित्र पत्रकार गीता अधिकारी र मधेशी मातृभाषी चलचित्रकी कलाकार तथा निर्देशक सरिता साहलाई सम्मान गरिएको छ ।
मंगलबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेको महोत्सवमा ४६ वर्षअघिको चलचित्र सिन्दुर प्रदर्शन गरिएको थियो । साथै, सो चलचित्रका प्रमुख कलाकारहरुको ललितकलाद्वारा तयार पारिएको विशेष मुहारचित्र उनीहरूलाई समर्पण गरिएको थियो ।
यस्तै दोस्रो दिन महिलाले महिलाको विषयमा निर्माण गरेका लघु चलचित्रहरु प्रदर्शन गरिनुका साथै चलचित्रमा नारी विषयमा अन्र्तक्रिया कार्यक्रम पनि गरिएको थियो । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख आतिथी रहेको अन्र्तक्रिया कार्यक्रममा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का लगायतसँग विशेष संवाद भएको थियो ।
महोत्सवको समापन समारोहमा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी सहित चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्रकर्मीहरु बसुन्धरा भुषाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दिपकराज गिरी, जीतु नेपाल, प्रदीप खड्का, दिपाश्री निरौला, राजभाई सुवाल, निर्मल शर्मा, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षासिंह राणा, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्कीलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
