‘वुमन मेक फिल्म फेस्ट’ सम्पन्न
‘वुमन मेक फिल्म फेस्ट’ सम्पन्न भएको छ । शुक्रबार राजधानीको अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका चलचित्रहरु प्रदर्शन गरिएको थियो ।
किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर एक दिने फेस्टिभलको आयोजना गरेको हो । फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा चलचित्र देखाइएको किपालय प्रडक्सनले जनाएको छ ।
किपालय प्रडक्सनले निर्माण तथा निर्देशनमा महिलाको सहभागितालाई बढावा दिने उद्देश्यले प्लान इन्टरनेसनलसँग मिलेर दुई चरणमा चलचित्र निर्माण कार्यशाला सम्पन्न गरिसकेको छ । फेस्टिभलमा यसरी निर्माण भएका चलचित्रसँगै अन्य संस्थाको सहकार्यमा महिलाले बनाएका चलचित्र प्रदर्शन गरिएका हुन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
