गाउँ नै खाली भएको कथामा ‘भिजिट भिसा’ बन्ने

२०८१ बैशाख २
गाउँ नै खाली भएको कथामा ‘भिजिट भिसा’ बन्ने

चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र पारिवारिक सोसल ड्रामामा कथामा आधारित रहने छ ।  चलचित्रले भिजिट भिसामा विदेशिने क्रमले गाउँ नै खाली भएको कथा भन्ने छ । 

मोती बिष्ट प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने चलचित्रमा यम थापाको पटकथा रहेको छ । चलचित्रका निर्देशक र कलाकारहरू भने सार्वजनिक गरिएको छैन ।

LPT
Gaun Aayeko Bato