‘भाईरल गोर्खे’को टिजर सार्वजनिक
चलचित्र ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ८ सकेण्ड लामो टिजरबाट चलचित्रको कथावस्तुका बरेमा प्रकाश पारिएको छ ।
भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम चलचित्रको सार्वजनिक टिजरमा देखाइएको छ । टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत देखाइएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको दृश्य पनि टिजरमा समेटिएको छ भने चर्चित पत्रकार ऋषि धमला पत्रकारकै भूमिकामा देखिएका छन् ।
आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात, सृष्टि र ऋषीका अलवा बुद्धि तामाङ पनि टिजरमा समेटिएका छन् । चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको चलचित्रका सहनिर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको चलचित्रमा अमर महर्जनको सिनेमाटोग्राफी, रवि चौधरी र भीम विश्वकर्माको संयुक्त सम्पादन तथा अमित श्रेष्ठको साउन्ड डिजाइन रहेको छ । चलचित्रको छायाँकन लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा गरिएको हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
