‘ऊनको स्वीटर’मा यस्तो देखिए विपिन र मिरुना
चलचित्र ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । विपिन कार्की र मिरुना मगरलाई फिचर गरिएको पोष्टर पुरानो ‘टेक्स्चर’मा तयार पारिएको छ ।
नविन चौहानको निर्देशनमा बन्ने चलचित्रको पोष्टरमा स्टुडियो फोटोको कन्सेप्टमा पोष्टर देख्न सकिन्छ । पोस्टरमा विपिन उभिएका छन् भने मिरुना कुर्सीमा बसेकी छन् । विपिनले उनको स्वीटर लगाएका छन् ।
चलचित्रमा विपिन र मिरुनासँगै माओत्से गुरुङ, एलेक्स विश्वकर्मा, परीक्षा लिम्बु, अनिल सुब्बा, सुरज तमु, मिलन खत्रीलगायतको अभिनय रहनेछ । सुजन चापागाईं र कोविद बज्रको संगीत रहने चलचित्रमा चिन्तनराज भण्डारीको छायाँकन र निर्देशक चौहानको लेखन रहने छ । आगामी बैशाखबाट छायांकनको तयारीमा रहेको चलचित्र आर्टमान्डुको ब्यानरमा बन्नेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
