चलचित्र ‘रंगी’लाई ‘युनिभर्सल’ सर्टिफिकेट
चलचित्र ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । चलचित्रले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुन् । बाबुछोरीको कथामा आधारित चलचित्र फागुन २ गते रिलिज हुदैछ । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
