साउथ चलचित्र ‘थिरिमाली’को ट्रेलर सार्वजनिक, देखिए स्वस्तिमा र माओत्से पनि

लेन्सनेपाल २०७८ पौष २९
साउथ चलचित्र ‘थिरिमाली’को ट्रेलर सार्वजनिक, देखिए स्वस्तिमा र माओत्से पनि

नेपाली कलाकार स्वस्तिमा खड्का र माओत्से गुरुङको समेत अभिनय रहेको साउथ इण्डियन (मलयालम) चलचित्र ‘थिरिमाली’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा पनि छायांकन भएको यो चलचित्रको २ मिनेट ४१ सेकेन्ड लामा ट्रेलरमा नेपाली कलाकारले पनि स्थान पाएका छन् ।

ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ । बुझ्नमा आए अनुसार उनी एक आइटम गीतमा मात्र देखिनेछिन् भने माओत्सेको महत्त्वपूर्ण भूमिका रहेको छ ।

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’को नेपालमा पोखरा, काठमाडौं, लुक्ला लगायतका स्थानमा छायाँकन गरिएको थियो । ट्रेलरमा नेपालका दृश्यहरुलाई पर्याप्त स्थान दिइएको छ ।