वर्ड अफ माउथ बलियो हुँदा बढ्यो ‘हरि बहादुरको जुत्ता’को शोज
वर्ड अफ माउथ बलियो हुँदा चलचित्र ‘हरि बहादुरको जुत्ता’को शोज संख्या बढेको छ । फूलपातिको दिनबाट रिलिज भएको चलचित्रले शुरुवाति दिनमा सँगै रिलिज भएको अन्य चलचित्र भन्दा न्यून संख्यामा शो पाएको थियो । रिलिजको सातौं दिनमा आइपुग्दा भने शोजका आधारमा यो चलचित्र नम्बर १ मा पुगेको छ ।
शोजका आधारमा सुरुवातमा १३४ शोज सहित तेस्रो नम्बरमा रहेको ‘हरि बहादुरको जुत्ता’ दोस्रो सातामा आइपुग्दा ११७ शोज सहित पहिलो नम्बरमा छ । सुरुवाती दिनमा कम सिट क्षमता भएका हल पाएको चलचित्रले अहिले धेरै सिट क्षमता पाएको हल पाइरहेको छ । यसैले, आगामी दिनमा यसको व्यापार अझै बढ्ने अपेक्षा निर्माणपक्षको छ । यसैले पनि निर्माणपक्षले हालसम्मको व्यापारिक आँकडा सार्वजनिक गरेको छैन ।
सातौं दिनसम्म आइपुग्दा पनि चलचित्र हेर्न दर्शकको चाप सुखद देखिएको छ । जसका कारण चलचित्रको व्यापार दोस्रो सातामा पनि राम्रो हुने अनुमान लगाउन सकिन्छ ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारहरूको अभिनय छ ।
एसएम मोशन पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहितबंश आचार्यको लगानी छ । कृष्णबहादुर थापाको छायांकन रहेको फिल्ममा नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
