‘तेल भिसा’को छायांकन ३५ दिनमा प्याकअप
शंकर घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’को छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको चलचित्रको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो ।
चलचित्रको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेर रेणु दाहाल समेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा चलचित्र छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिएकी थिइन् । यस्तै, चलचित्रले उठाएको विषयवस्तु गहन भएकाले आफु यो चलचित्र हेर्न समेत उत्सुक भएको बताइन् ।
यो चलचित्रबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका चलचित्र निर्माण तथा निर्देशन गरेका थिए । यो चलचित्रमा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भुमिकामा देखिएका छन् ।
चलचित्रमा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
