‘तेल भिसा’को अमेरिका छायाँकन सकियो, नेपाल फर्के बिपिन
चलचित्र ‘तेल भिसा’को पहिलो चरणको छायांकन अमेरिकामा सकिएको छ । शुक्रबार चलचित्रका मुख्य अभिनेता विपिन कार्की अमेरिकामा चलचित्रको ७० प्रतिशत छायांकन सकेर नेपाल फर्केका छन् ।
शंकर घिमिरेको निर्देशन रहेको चलचित्रको बाँकी छायाँकन नेपालको चितवनमा हुनेछ । यही हप्ता चलचित्रको बाँकी टिम नेपाल फर्किने तयारीमा रहेको निर्देशक घिमिरेले बताए । चितवनमा सेट लगाएर चलचित्रको छायांकन गरिनेछ । असारको पहिलो हप्ताबाट चलचित्रको नेपाल पार्टको छायांकन गरिने निर्देशक घिमिरे बताउँछन् ।
चलचित्रमा अभिनेता विपिन कार्कीले दोहोरो भुमिका अभिनय गरेका छन् । अभिनेत्री वर्षा राउतसँग चलचित्रमा उनको जोडी बाँधिएको छ । चलचित्रमा विविन र वर्षाका अलवा बुद्धि तामाङ र ऋचा घिमिरेको पनि मुख्य भुमिका रहेको छ । ऋचाले लामो समयपछि यही चलचित्र मार्फत् अभिनयमा कमव्याक गरेकी हुन् । चलचित्रमा अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारको समेत अभिनय रहेको छ ।
वेलडन क्रियसन र सेभेन सिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाईंको लगानी छ । अभिनेत्री ऋचा घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
