चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक, रहस्यमयी कथा
चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक गरिएको छ । शनिबार भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा रहस्यमयी युवती बस्ने एक घरमा रहेका दुई चोर र दुई वाकसको विषय समेटिएको छ । बि. सं. २०३० सालमा एक गाउँको एक घरमा भएको घटनामा आधारित रहेर चलचित्र निर्माण गरिएको टिजरमा उल्लेख छ । इदपी घट्ना के हो त्यो भने खुलाइएको छैन ।
टिजरमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, रबिन तामाङ, कालु राना र अर्पण थापालाई देखाइएको छ । सौगात, रबिन र अर्पणको लुक्स अन्य चलचित्रमा भन्दा भिन्न छ ।
थिंक फस्ट इन्टरटेनमेन्ट, आसाप इन्टरटेनमेन्ट, एटीएफ प्रोडक्सन र जोय हाउस प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा हरि तामाङ, सन्तोष अधिकारी र केली जोय म्याकनामाराको लगानी छ ।
चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, आलोक शुक्लाको छायाँकन, मनोरन्जन श्रेष्ठको रंगसंयोजन र नोब्ले फ्रिक्सको संगीत रहेको छ । निर्माण टिमले आगामी पौष १७ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
