Mansara

पाँचौ तीज म्यूजिक अवार्ड सम्पन्न, यस्तो छ बिजेताको पुर्ण विवरण

२०७५ भाद्र २५
पाँचौ तीज म्यूजिक अवार्ड सम्पन्न, यस्तो छ बिजेताको पुर्ण विवरण

तीज म्युजिक अवार्ड –०७५ सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रमका बिच नियमित तर्फ ३१ बिधा सहित अन्य ६ बिधामा अवार्ड प्रदान गरिएको हो ।
संगीत क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न भएको कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुती समेत दिएका थिए । 
कार्यक्रममा नेपाल भित्र बनेको पहिलो चलचित्र आमाका नायिकाहरु भुवन चन्द, बसुन्धरा भुषाल र चैत्य देवी सहित केही चलचित्रकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

आयोजक संस्था छायाँछबीका अध्यक्ष शान्तिप्रियले तीजको परम्परालाई कायम राख्दै पाँचौं छायाँछबि तीज म्यूजिक अवार्ड सम्पन्न गरिएको जनाएका छन् । सो अवसरमा तीजको दर समेत खुवाईएको थियो ।

यस्तो छ तीज म्युजिक अवार्ड २०७५ का बिजेताहरुको नामावली

उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
श्यामश्वेत रसाइली      :  धनगढी थर्काउने

उत्कृष्ट तीज गीत एरेञ्जर
झलक संगीतम्      :  माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
सुदिप सागर      :  कोरीयन सारी

उत्कृष्ट तीज गीत मिक्सिङ
कुमार राना मगर      :  माइती देश सम्झेर

उत्कृष्ट तीज दोहोरी नव–गायक
राम गोपाली      :  भदौरे झरी

उत्कृष्ट तीज दोहोरी नव–गायिका
अमृता श्रीपाल      :  खैनीले

उत्कृष्ट तीज गीत नव–गायिका
बीना भट्टराई      :  स्वामी ज्यू

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
निर्मल क्षेत्री      :  एउटा जरुरी कुरा छ

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
आरुषी मगर      :  चुरीया छइ छइ

उत्कृष्ट तीज गीत मोडल
दीपाशा विसी      :  कति राम्रो

उत्कृष्ट तीज गीत छायाँकार
करण चैसीर      :  जान्न फर्केर

उत्कृष्ट तीज गीत सम्पादक
वीरेन्द्र भाट विपीन      :  यतै घमाइलो

उत्कृष्ट तीज गीत युगल मोडल
दीपाशा विसी/टीका जैशी      :  माइती देश सम्झेर

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
नारायण रीजाल       :  पाइन्ट लगाउ की सारी

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
राजीव बलामी       :  छड्के तिलहरी

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
नन्दा बस्याल       :  माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत शब्द
शिव हमाल      :  छम्म छम्म

उत्कृष्ट तीज गीत शब्द
कस्तुप पन्त       :  चेलिको आँशु

उत्कृष्ट तीज दोहोरी गीत लय
रामु खड्का       :  भदौरे झरी

उत्कृष्ट तीज गीत लय
हरि विष्ट      :  माइती देश सम्झेर

उत्कृष्ट तीज युगल नव गायन
इन्दिरा रजक/अनीता कुँवर      :  दीदी बहिनी

उत्कृष्ट तीज गीत गायन मोफसल
कल्पना कुसुम      :  संगीनी

उत्कृष्ट तीज सामाजिक गीत
धर्मराज गीरी      :  नौ डाँडा पारी

उत्कृष्ट तीज युगल गीत
लीला कवंर/चन्द्रा चलाउने      :  सौता –२

उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
गोरखा चौतारी म्यूजिक प्रा.लि.

उत्कृष्ट तीज गीत कम्पनी
रक्षा म्यूजिक प्रा.लि.

उत्कृष्ट तीज दोहोरी गीत गायक
अमृत खाती      :  बाँचौ घुमी घुमी

उत्कृष्ट तीज दोहोरी गीत गायिका
उमा श्रेष्ठ      :  भाइरल

उत्कृष्ट तीज गायिका
सहिमा श्रेष्ठ      :  पहिलो नम्बर सुन

उत्कृष्ट तीज दोहोरी गीत
छड्के तिलहरी      :  जमुना आचार्य/गोकर्ण राना मगर

उत्कृष्ट तीज गीत
माइतीको आँगन      :  मञ्जु पौडेल

छायाँछबी नारी पत्रकारिता पुरस्कार : जयन सुव्बा मानन्धर

इन्करेजमेण्ट अवार्ड :
               १) सविता पोखरेल (शव्द)
               २)स्मृति गौतम (गायन)
               ३)सरु थापा मगर (गायन)

पपुलर अवार्ड : श्रीदेवी देवकोटा

पव्लिक च्वाइस अवार्ड : सन्तु थापा

क्रिटिक्स अवार्ड : विनोद ढकाल

जुरी अवार्ड : कृष्ण पुन रोक्का