‘रमिताको पिरती’को ‘तिमी भए काफी’ गीतमा समीर र आनाको रोमान्स
माघको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’को ‘तिमी भए काफी’ बोलको गीत सार्वजनिक गरिएको छ । आज ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठको रोमान्स हेर्न सकिन्छ । थाइल्याण्डको रमणीय लोकेशनमा आना र समीर रोमान्टिक देखिएका छन् । आना थाइल्याण्डमा खुलेकी छिन् । फिल्मको कोरियोग्राफी, सिनेमाटोग्राफी लोभलाग्दो छ । यो गीतको भिडियोमा आना र समीरको सामिप्यतालाई बलियो रुपमा देखाइएको छ ।
समीरकै स्वरमा समावेश यो गीतमा सास्वतको संगीत छ । झोलेको डीओपी रहेको यो गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
सुदिप्ताले निर्देशन गरेको फिल्मका निर्माता सागर लम्साल हुन् । यो फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरुको अभिनय छ ।
सुदिप्ताकै लेखनमा तयार भएको यो फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
