ताराको ‘ताँती’ सार्वजनिक
गीतकार तारा अधिकारीको नयाँ गीत ‘ताँती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ ।
गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन बिजेश्वर राज तण्डुकारको छ । तास रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई राजेश्वर राज तण्डुकारले मिक्सिङ गरेका हुन् ।
गीतको भिडियोमा नाजिर हुसेन र दिप्सिना अधिकारीको अभिनय छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
सामान्य ग्रामिण परिवेशको बस्तीमा छाँयांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । यस अघि सुनौलो तारा मोसन पिक्चर्समा नै अपलोड गरिएको नाजिर हुसेनको अभिनय रहेको गीत गुलेलीमा र लुकी लुकीले दर्शकको निकै राम्रो साथ पाएका थिए । यो गीतले पनि त्यस्तै साथ पाउने विश्वास गीतकार तारा अधिकारीले गरेकी छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
