यस्तो छ ‘लालीबजार’मा स्वस्तिमाको लुक्स
चलचित्र ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहने भएको छ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आर्ट्सले मंगलबार एक पोष्टर मार्फत स्वस्तिमाको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।
पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको रूपमा देखिएकी छन् । तर, उनी विवाहित रहेको झल्किने न सिउँदोमा सिन्दूर छ न गलामा मंगलसूत्र देखिन्छ । उनको श्रृंगार, हाउभाउ र पहिरनले चलचित्रमा उनी यौनकर्मीको भूमिकामा देखिन लागेको संकेत गर्छ । यद्यपि, निर्माण टिमले यसबारेमा कुनै जानकारी गराइएको छैन ।
यम थापाको लेखन तथा निर्देशनमा रहने ‘लालीबजार’लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । यही वर्षको फागुन १ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरेको छ ।
अभिनेत्री खड्काले चलचित्रको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताएकी छिन । उनले भनिन् – ‘मेरा अघिल्ला चलचित्र भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’ चलचित्रको छायाँकन आगामी दशैं लगत्तै शुरु हुने जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
