चलचित्र ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक
चलचित्र ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य तिन पात्र सलोन बस्नेत, सारा सिपाईली र बिनोद न्यौपानेलाई प्रस्तुत गरिएको छ ।
सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन, सारा र बिनोदका अलवा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा देखिएकी छिन ।
चलचित्रको कथा निर्देशन रहेको सुव्रतराज आचार्यकै हो भने पटकथा अभिमन्यू निरवीको र सम्बाद अभिमन्यु र निर्देशक आचार्यको रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी, सुरेश अधिकारीको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी, शिवराम थापा र अर्जुन तिवारीको छायाँकन, भरत रेग्मीले सम्पादन रहेको छ । मंसिर २८ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।

Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

