‘सूर्य इन्टरनेशनल अवार्ड’को मनोनयन सार्वजनिक
‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट ३ सार्वजनिक गर्दै मनोनयनमा परेकाहरुलाई मनोनयनको प्रमाणपत्र समेत वितरण गरिएको छ ।
समारोहमा शशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले, कलाकार प्रशान्त ताम्राकार, श्वेता खड्का, भुवन केसी, किरण केसीलगायतको उपस्थिति रहेको थियो ।
नोभेम्बर २४ मा टोकियोमा हुने कार्यक्रममा मनोनयनमा परेकालाई आयोजककै व्यस्थापनमा जापान लगिने कार्यक्रममा बताइउको छ । अवार्डमा ६ बिधा चलचित्रको र ६ बिध संगीतको समनवेश छ । यस्तै अवार्ड समारोहमा दुई दशक लामो चलचित्र यात्रा तय गरेका बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड अर्पण गरिने जनाइएको छ । यस्तै चलचत्रकर्मी सम्मान, चलचित्र पत्रकारिता सम्मान पनि प्रदान गरिने जनाइएको छ ।
यस्तो छ ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट ३ मनोनयन
चलचित्र तर्फ
१ चलचित्र
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट
२ निर्देशक
मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पञ्जा ३
३ अभिनेता
बिपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन
४ अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
साम्राज्ञी आरएल शाह – काइरा
पुजा शर्मा – रामकहानी
५ सह अभिनेता
केदार घिमिरे – छक्का पञ्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ्ग – जय भोले
६ सह अभिनेत्री
बर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५
संगीत तर्फ
१ पप गायक
कमल खत्री – तिम्रो मायाले
संजिव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन
२ पप गायिका
१ टिका प्रसाई – कर्के नजर
२ इन्दिरा जोशी – रेलिमाई
३ त्रिशाला गुरुङ – यो मन
३ आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४
४ आधुनिक गायिका
मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना
५ लोक गायक
१ कुलेन्द्र बिक – सालको पात
२ खुमन अधिकारी – १४ अञ्चल ससुराल
३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी
६ लोक गायिका
१ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
२ मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
३ बिष्णु माझी – सालको पात
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
