दिपेन्द्रको ‘के घर के डेरा’मा सुरक्षा
पछिल्लो समय दिपेन्द्र के. खनालका चलचित्रमा छुट्दै नछुट्ने अभिनेत्री हुन् सुरक्षा पन्त । सुरक्षा र दिपेन्द्रले हालसालै चलचित्र ‘आमा’बाट उत्कृष्टताका लागि राष्ट्रिय पुरस्कार समेत प्राप्त गरे ।
चलचित्र ‘धनपति’बाट जोडिएको उनीहरुको ब्यवसायिक सम्बन्ध फेरी एकपटक जोडिएको छ । दिपेन्द्रको निर्देशन रहेने चलचित्र ‘के घर के डेरा’मा सुरक्षा पन्त अनुबन्धित भएकी छिन ।
बैशाख २२ गतेबाट छायांकनमा जाने तयारी गरिरहेको चलचित्रका लागि शुक्रबार सुरक्षासँग औपचारिक सम्झौता भएको छ । यस अघि नै चलचित्रको मुख्य भुमिकाका लागि दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा फाइनल भएका थिए ।
आगामी वर्ष प्रदर्शनको लक्ष्य राखिएको चलचित्रको सम्पुर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहने छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
