दश वर्षपछि सहकार्य गर्दै सुदर्शन र प्रदीप, बन्ने भो ‘शुभ विवाह’

२०८२ आषाढ ४
दश वर्षपछि सहकार्य गर्दै सुदर्शन र प्रदीप, बन्ने भो ‘शुभ विवाह’

निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्का बिच १० वर्ष पछि पुनः सहकार्य हुने भएको छ । थापाको निर्माण र निर्देशन तथा खड्काको अभिनय रहने चलचित्रको नाम ‘शुभ विवाह’ राखिएको छ ।

निर्देशक थापाले चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै निर्माण इजाजत लिएका छन् । गत वर्ष नै निर्देशक थापा र अभिनेता खड्का बिच सहकार्यका लागि लिखित सम्झौता भएको थियो ।

दश वर्षअघि यि दुईले चलचित्र ‘प्रेमगीत’मा सहकार्य गरेका थिए । जुन चलचित्र सफल भएको थियो । यही चलचित्रबाट अभिनेता खड्का र अभिनेत्री पुजा शर्मा चलचित्र क्षेत्रमा स्थापित भएका हुन् । तर, यो चलचित्रको रिलिज पछि निर्माता सन्तोष सेन र अभिनेता खड्का एउटा कित्तामा उभिए भने निर्देशक थापा र अभिनेत्री शर्मा अर्को कित्तामा थिए । टिम फुटेपछि निर्देशक थापा र अभिनेता खड्काको विचमा सहकार्य हुन् सकेको थिएन ।

‘शुभ विवाह’ प्रेम कथामा आधारित पारिवारिक चलचित्र बन्ने निर्देशक थापाले जनाएका छन् । चलचित्रले समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्वलाई दर्शाउने निर्देशक थापाको भनाई छ । चलचित्रका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन । चाडै नै अभिनेत्री लगाएत सम्पूर्ण कलाकार तथा प्राविधिक फाईनल गरि छायांकनमा जाने तयारि गरिएको जानकारी प्राप्त भएको छ ।