लेन्सनेपालकर्मी सुबेदीलाई राष्ट्रिय पत्रकारिता सम्मान
लेन्स नेपाल डटकमका सम्पादक बिष्णु सुबेदी सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ, नेपालको २६ औं वार्षिक उत्सव तथा २३ औं चलचित्र पत्रकारिता दिवसका अवसरमा सुबेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ बाट अर्पण गरिएको हो ।
बुधबार इलामको श्रीअन्तुमा भएको वार्षिक उत्सव समारोहमा सुबेदीसहित ७ पत्रकारलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको छ । संघले सुबेदी सहित नरेन्द्र बस्नेत (कोशी)लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानले सम्मानित गर्दा पत्रकार ध्रुब लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान अर्पण गरिएको छ । नगद ५५ हजार पाँचसय ५५ सहित उनलाई रजत सम्मान अर्पण गरिएको हो ।
यस्तै जीवन पराजुली र वर्षा बस्नेतलाई ५१ हजार राशीको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, रश्मी थापालाई २५ हजार राशीको राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार र २५ हजार राशीकै राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार तुलसी प्रसाद निरौला (कोशी) प्रदान गरियो ।
सम्मानित तथा पुरस्कृतलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार बसुन्धरा भूसाल, नायक शिब श्रेष्ठ, कलाकार गौरी मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्दशक समाजका अध्यक्ष जनकदीप पराजुली, संघका पूर्व अध्यक्ष विदुर गिरी, शान्तिप्रिय,दिनेश सिटौला र संघका वर्तमान अध्यक्ष समीर बलामीलगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
चलचित्र पत्रकार संघ नेपालको आयोजना, कोशी प्रदेश शाखाको संयोजन र इलाम, झापा, मोरङ र सुनसरी शाखाको व्यवस्थापनमा यो कार्यक्रम भएको हो । वार्षिक उत्सवका अवसरमा बिभिन्न अन्र्तक्रिया, मिडिया मन्धर र सिनेमा समवाद जस्ता कार्यक्रमहरु पनि भएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
