चलचित्र ‘प्रसाद २’को रिलिज अन्यौल, सुभाष भन्छन – रिलिजपछि पैसा तिर्छु

चलचित्र ‘प्रसाद २’को प्रदर्शन अन्यौल भएको छ । शुरुको समयमा चलचित्र निर्माणका लागि जोडएका तर पछि निर्माणबाट हात झिकेका निर्माता केशव पाण्डेको उजुरी पछि चलचित्रको सेन्सर अन्यौल हुँदा रिलिज पनि अन्यौल भएको हो ।
पाण्डेले चलचित्रका सुभाष थापाविरुद्ध प्रहरीमा चेक बाउन्स र ठगीको उजुरी दिनुका साथै केन्द्रीय चलचित्र जाँच समितिमा सेन्सर रोक्न निवेदन दिएपछि रिलिज अन्यौल भएको हो । यही चैत २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सेन्सर अन्यौल भएपछि प्रस्तुतकर्ता सुभाष थापाले चलचित्र प्रदर्शन भएपछि पाण्डेलाई तिर्नुपर्ने पैसा तिर्ने वाचा गरेका छन् । सोमबार फेसबुकबाट सार्वजनिक अपिल गर्दै उनले चलचित्र क्षेत्रका संघ सस्थाले समस्या समाधानका लागि पहल गरिदिन पनि आग्रह गरेका छन् ।
थााले पाण्डेसँग लिएको रकम फिर्ताका लागि माघको डेटमा चेक दिए पनि चेक बाउन्स भएको छ । उनले माघमा चलचित्र रिलिज गर्ने तयारीका साथ उक्त मितिमा चेक दिएपनि समयमा रिलिज हुन नसक्दा वचनबद्धतामा आफु चुकेँको जनाएका छन् । आफ्नो नियत खराब नभएको बताउँदै उनले नियतिको कारण वचन पूरा गर्न नसकेको बताएका छन् । ‘चलचित्र रिलिज भएपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम फिल्मसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीँबाट तिर्नुपर्नेलाई दिएर बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ,’ सुभाष लेख्छन् ।
तर, चलचित्र चल्छ र कमाउँछ भन्ने कुराको ग्यारेन्टी नभएका कारण पाण्डेले उक्त शर्त अस्विकार गरेको उनी निकट स्रोतले जनाएको छ ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi