चलचित्र ‘स्त्री’को शुभ मुहूर्त

२०८२ भाद्र १२
चलचित्र ‘स्त्री’को शुभ मुहूर्त

ऋषि पञ्चमीको साइत पारेर चलचित्र ‘स्त्री’को शुभ मुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा पुजा पाठ गर्दै चलचित्रको मुहूर्त गरिएको हो ।

जीवन शाहीको लेखन तथा निर्देशन रहने चलचित्र १४ शनिबार गतेबाट छायांकनमा जानेछ । ३५ दिनको छायांकन सेड्युल रहेको चलचित्रको छायाँकन काठमाडौ. आसपासका स्थानमा हुनेछ ।

सामाजिक कथामा बन्ने चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ । बालकलाकारमा दिप्सन चिलवाल र दिपेन्द्र चिलावलको अभिनय रहनेछ ।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई र डाक्टर सुकदेव बिस्ट निर्माता रहेको चलचित्रमा निर्देशक शाहीकै कथा रहने छ । चलचित्रको पटकथा निर्देशक शाही र किशन अर्यालले तयार परेका हुन् । चलचित्रमा बाबुल गिरीको संगीत र देव महर्जनको द्वन्द्व निर्देशन रहने छ ।