स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेस्टिवल सम्पन्न, उत्कृष्ट चलचित्रको अवार्ड टुल्किलाई
स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेस्टिवल २०२२ सम्पन्न भएको छ । आइतबार सम्पन्न फेष्टिवलमा बिभिन्न स्वेशी तथा बिदेशी चलचित्रलाई अवार्ड प्रदान गरिएको छ ।
फेष्टिवलमा अन्तराष्ट्रिय तर्फ फिलिपिन्सको हिरोले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । यही चलचित्रबाट रोदेन पिङ्गोल रामोसले उत्कृष्ट निर्देशकको अवार्ड जिते । यस्तै इरानको चलचित्र क्राउबाट आलाईकबार खोदासेनस्ले उत्कृष्ट डिओपीको अवार्ड हाँसिल गरे भने भारतको चलचित्र थाल्लापिजाबाट साईनी दिपक माथ्वेले उत्कृष्ट स्कृप्टको अवार्ड प्राप्त गरे ।
यस्तै राष्ट्रिय प्रतिष्पर्धामा कन्फ्युजन उत्कृष्ट नेशनल छोटो चलचित्रको अवार्ड प्राप्त गरेको छ । यस्तै उत्कृष्ट नेशलन निर्देशकको अवार्ड चलचित्र आईसक्रिमबाट सँगीता श्रेष्ठले प्राप्त गरेकी छिन । यस्तै छोटो चलचित्र तर्फ नै उत्कृष्ट मोटिभेस्नल छोटो चवलचित्रको अवार्ड सेक्रिफाईले हाँसिल गरेको छ । यस्तै मोटिभेस्नल स्कृप्टको अवार्ड पनि सेक्रिफाईबाट मुरलीधर आचार्य र इन्स्पायर डिओपीको अवार्ड सेक्रिफाईबाटै छायाँकार केदार राईले प्राप्त गरेका छन् । यस्तै छायाँकारको अवार्ड दाम्लोबाट दीपकचन्द्र ठकुरीले, उत्कृष्ट कथा पटकथाको अवार्ड मातृबाट प्रशन्न मल्लले र उत्कृष्ट सम्पादकको अवार्ड अन्तकबाट अशोक पाठकले हाँसिल गरे ।
महोत्सबमा स्वदेशी तर्फ नेशलन फिचर चलचित्र तर्फको प्रतिस्पर्धामा उत्कृष्ट चलचित्रको अवार्ड चलचित्र टुल्कीले जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड भोजपुरी चलचित्र प्रेम गीत–२ बाट सानु खत्री, उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ध्रानबाट सागर छिरिङले, उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र लोभी पापीबाट कृति बानियाँले, उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चलचित्र ध्रानबाट अजय स्याङतानले र उत्कृष्ट सम्पादकको अवार्ड चलचित्र लोभिपापीबाट बन्देप्रसादले प्राप्त गरेका छन् ।
प्रतिष्पर्धामा सहभागी चलचित्रबाट चलचित्र निर्देशक माधवराज खरेल संयोजकत्वको जुरी कमिटीले उत्कृष्टताको छनौट गरेको हो । जुरी कमिटीमा माधवराज खरेलसँगै पत्रकार डब्बु क्षत्री, संगीतकार दीपक शर्मा, संगीतकार राजेन्द्र बजगाईं, ध्वनी सम्पादक मनोज परियारलगायत रहेका थिए ।
कार्यक्रममा बोल्दै फेस्टिबल डिरेक्टर डा. हुसेन्ड अजादले नेपाली र बिदेशी चलचित्रको संस्कृति आदान प्रदानकालागि आफुहरुले बिगत दुई वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएको बताए । कार्यक्रममा सञ्चारकर्मी राजन थापालाई सम्मान गरिएको थियो । महोत्सब बिदेशी तथा स्वदेशी लामा छोटा चलचित्र प्रदर्शन गरिएको थियो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
