‘जेरी अन टप’को गीत ‘कस्तुरी’ सार्वजनिक
चलचित्र ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ सार्वजनिक गरिएको छ । सोमबार घटस्थापनाको दिन पारेर सार्वजनिक गीत रोमान्टिक भावको छ । मुस्ताङ र भारतको राजस्थानमा छायाँकन गरिएको गीतमा चलचित्रको मुख्य जोडी अनमोल केसी र आँचल शर्मालाई प्रस्तुत गरिएको छ ।
गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर छ भने जयन जे वाइबाको शब्द तथा संगीत छ । वाइबाकै साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।
असोज ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल र आँचलसहित जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा सुरक्षा पन्तले विशेष भूमिका निभाएकी छन् ।
अनन्या फिल्मस्को ब्इानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् । रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपाने चलचित्रका निर्माता हुन् । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन् । चलचित्रमा हेमराज बिसीको कथा, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन, जयन जे वाइबा, कालिप्रसाद बाँस्कोटा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
