‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा जेम्स प्रधानको संगीत, सुयेश भट्टराईको शब्द र सुगम पोखरेलको स्वर रहेको छ ।
सुगम पोखरेलको हिट गीत ‘सम्हालिन्छ कहिले मन’बाटै चलचित्रको नाम जुराइएका कारण सोही गीतको रिमेक भर्सनलाई चलचित्रमा समावेश गरिएको छ । सुदर्शन थापा निर्देशित चलचित्र भाद्र १७ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा सोनमले पूजालाई, पूजाले आकाशलाई पछ्याईरहेको देख्न सकिन्छ ।
महेश दवाडीको लेखन रहेको चलचित्रमा शौरभ लामाको छायाँकन, अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।
एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रमा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal