Mahajatra

इन्टरनेशनल फिल्म फेष्टिवलमा ‘डाइङ क्यान्डल’ बाट सिर्जना सुव्वा उत्कृष्ट

२०७५ असोज २८
इन्टरनेशनल फिल्म फेष्टिवलमा ‘डाइङ क्यान्डल’ बाट सिर्जना सुव्वा उत्कृष्ट

चलचित्र ‘डाइङ क्यान्डल’ले ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल अवार्ड–२०१८’ मा दुई विधामा अवार्ड जितेको छ । चलचित्रले उत्कृष्ठ अभिनेत्री र सिनेमेटोग्राफरको अवार्ड प्राप्त गरेको हो ।

फेष्टिवलमा सिर्जना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन भने र दीपन्कर सिक्देर र रवीन आचार्यले संयुक्त रुपमा उतकृष्ट सिनेमेटोग्राफीको अवार्ड प्राप्त गरेका छन् ।

सिंगापुरमा भएको फिल्म फेस्टिवलमा चलचित्र डाइङ क्यान्डल नोमिनेसनमा परेको थियो समारोहमा निर्देशक नरेश कुमार केसी र अभिनेत्री सुब्बा सहभागी थिए ।