‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक
असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । उनले चलचित्र राम्रो बनेको बताउँदै फिल्मले आफूलाई कमेडी जनरामा स्थापित गर्नेमा विश्वस्त रहेको बताए । चलचित्रमा केकीका साथमा रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, रमेश बजगाईँ, धिरेन शाक्य लगायतको अभिनय छ ।
मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह-निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । चलचित्रको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मस्ले लिएको छ । ट्रेलर साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
