केकी अभिनित ‘सिल्ली फो’ असार ३१ मा
चलचित्र ‘सिल्ली फो’का पोष्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कमेडी जनराको यो चलचित्र असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
राजबहादुर साने निर्देशित चलचित्रको एक पोष्टर समेत सार्वजनिक गरिएको छ । पोष्टरमा नायिका केकी अधिकारी सहितका कलाकारलाई स्थान दिइएको छ । चलचित्रमा केकीका अलवा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्मा लगायतको अभिनय रहेको छ ।
मनोज डिकेको निर्माण रहेको चलचित्रका सह निर्माता विशाल श्रेष्ठ हुन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स रहेको छ । चलचित्रको वितरण जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको छ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
