बेहुली हुँदा यस्तो देखिइन श्वेता खड्का
अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छिन । श्वेताले धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन । विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा भएको छ ।
बुझ्नमा आए अनुसार विवाहमा दुवै तर्फका परिवारका सदस्य, आफन्त र सिमित साथीहरुको सहभागिता रहेको छ । श्वेताले विवाह गरेका विजयेन्द्र व्यापारी हुन् । धनगढी मूल घर भएका उनको धनगढीमा नै रेष्टुरेन्ट र फनपार्क रहेको बुझिएको छ ।
‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्क्यु गरेकी श्वेता अभिनित ५ चलचित्र प्रदर्शन भइसकेका छन् । उनी हस्पिटालिटी बिजनेसमा संलग्न छिन् । श्वेताको २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । विवाह गरेको दुई दिन पछि नै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा साउन २५ मा भारतमा निधन भएको थियो । श्वेताले पुरानो पिडा भुल्दै नयाँ जीवन शुरु गरेको बताएकी छिन ।
तस्विर : फेसबुक
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
