Mansara

गीतकार संघको अध्यक्षमा शुभ मुकारुङ

२०७७ पौष २६
गीतकार संघको अध्यक्षमा शुभ मुकारुङ

गीतकार संघ नेपालको अध्यक्षमा गीतकार शुभ मुकारुङ बिजयी भएका छन् । शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशन तथा ११ औं साधारण सभाबाट गीतकार मुकारुङ अध्यक्ष चयन भएका हुन् ।

यस्तै नबनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वसन्त वित्यासी थापा, महासचिवमा रमेश कोइराला, सचिवमा महेश आचार्य, कोषाध्यक्षमा जित बहादुर घले जेबी संयोगी रहेका छन् ।

यस्तै सदस्यहरुमा सुमि सिंह, शित्तल कादम्बिनी, प्रतिमा श्रेष्ठ, लोकराज अधिकारी, चेतन खतिवडा तथा उमेश राई बिजयी भएका छन् ।

गीतकार संघको नयाँ कार्यसमिति छनोट गर्दा अध्यक्षमा दुई जना, उपाध्यक्षमा दुई जना, महासचिवमा तीन जना, सचिवमा दुई जना, कोषाध्यक्षमा एक जना र सदस्यमा ८ जनाको उम्मेदवारी परेको थियो ।

यद्यपी, अध्यक्ष, महासचिव र सदस्य पदमा सर्वसम्मति भएको थियो भने कोषाध्यक्ष निर्विरोध चयन भएका थिए । उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन नै भएको थियो । 
उपाध्यक्षमा वसन्त वित्यासी थापा र सञ्जय बरालको उम्मेदवारी परेको थियो भने सचिवमा डब्बु क्षेत्री र महेश आचार्यको उम्मेदवारी रहेको थियो । चुनावी प्रक्रियाबाट थापा र आचार्य निर्वाचित भएका हुन् ।