फस्टलुक सार्वजनिक गर्दै ‘शिवांश’ निर्माणको घोषणा
चलचित्र ‘शिवांश’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशंः च्याप्टर १’ निर्माणको घोषणा गरिएको हो ।
सन्तोष कुमार आत्रेयले निर्देशन गर्ने चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको अभिनय रहनेछ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने चलचित्रमा अञ्जान केसी निर्माता र शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माता रहनेछन् भने कार्यकारी निर्माता सम्भू थापा छन् । निर्माता केसीकै कथा रहेको चलचित्रको पटकथा बारत लिम्बुले तयार पारेका छन् ।
चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, राजनराज शिवाकोटी र विप्लव प्रतीकको शब्द र राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।
चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको नृत्य निर्देशन र सरद महतोको सिनेमाटोग्राफी रहने छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
