नुवाकोटमा सञ्चालन भयो ‘शिवालय सिनेप्लेक्स’
नुवाकोटको विदुर नगरपालिको बट्टारमा ‘शिवालय सिनेप्लेक्स’को औपचारिक उद्घाटन गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा हलको उद्घाटन गरिएको हो ।
२४० सीट क्षमताको सिनेप्लेक्स स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी र पासाङ लामा गोपालले सञ्चालनमा ल्याएका हुन् । विभिन्न कारणले बन्द भएका हलहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले सुरू गरेको कार्यक्रम अन्तर्गत यो हल सञ्चालनमा आएको हो ।
सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्च स्तरीय ध्वनि, वातानुकूलित हल, आरामदायी सिटहरू तथा अनलाइन बुकिङ सुविधा समेत उपलब्ध रहेको सञ्चालकले जनाएका छन् । हलले प्रत्येक शनिबार चार शो र अन्य दिनहरूमा तीन शो उपलब्ध गराउने छ ।
कार्यक्रममा नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ, विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष बुद्धिबहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत चलचित्रकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
