Mansara

सौगातले गरे आफ्नो रङलाई लिएर बन्ने ट्रोल माथी यस्तो टिप्पणी

२०७९ बैशाख १५
सौगातले गरे आफ्नो रङलाई लिएर बन्ने ट्रोल माथी यस्तो टिप्पणी

सामाजिक सञ्जालमा कलाकारहरु ट्रोलको शिकार भइरहेको ज्यादा देखिन्छ । कसैले केही बोलेको, केही गरेको मात्र होइन गेटअपलाई लिएर पनि ट्रोलको शिकार हुनु पर्छ कुनै समय । अभिनेता सौगात मल्ल भने अन्य केही कारण पनि बेला बेला ट्रोलको शिकार बन्न पुग्छन् । सौगात नायिका श्रृष्टि श्रेष्ठसँग प्रेममा छन् । यसअर्थ केहीले उनीहरु दुईका तस्विरलाई लिएर पनि ट्रोल बनाउने गर्छन । कहिले काँही गर्नै नहुने छालाको रंगमाथी अर्थात सौगातलाई कालो र श्रृष्टिलाई गोरी भन्दै ट्रोल बनिरहेका हुन्छन् ।

सौगात भने यस्ता कुराहरुलाई सामान्य रुपमा लिन्छन् । एक त उनी सामाजिक सञ्जाल प्रयोग गर्दैनन् । जसका कारण ट्रोल के बनिरहेको छ उनलाई थाहा नै हुँदैन । कहिले काँही साथीहरुले भनेपछि मात्र यस्तो बनेछ भन्ने थाहा पाउँछन । अनि उनीहरुले देखाए भने हेर्छन पनि । यसरी आफ्नै ट्रोल हेर्दा पनि उनलाई खासै दुःख लाग्दैन रहेछ । हालै एक अन्र्तवार्तामा सौगातले मान्छेहरुले रमाइलोका लागि बनाएका ट्रोल हेरेर आफु दुःखी नहुने जनाएका छन् । त्यसो त उनले कलाकार भएपछि कहिले काँही ट्रोलको शिकार बन्नु सामान्य भएको बुझेका छन् यसअर्थ पनि उनी यस्ता कुरालाई सहजै पचाइदिन्छन् ।

सौगात एक यस्ता कलाकार हुन् जसले आफ्नो भुमिकालाई फाइन टच दिने प्रयत्न गर्छन । उनले शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘मन्त्र’मा पनि आफ्नो पात्रलाई न्याय गर्ने कोसिस गरेको बताउँछन् । हिमाली भेगको प्रेम कथा भन्ने चलचित्रमा सौगात एक गोठालोको भूमिकामा देखिएका छन् । उनी आफुले अहिले सम्म गरेका भन्दा भिन्न कथाको चलचित्र भएकोले पनि दर्शकलाई हेर्न आग्रह गर्छन ।

चलचित्रले शुत्रबार सम्पन्न प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्रकर्मी र सञ्चारकर्मीहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।