‘दुइ नम्बरी’को नयाँ लाइनअप, पलको ठाँउमा सौगात
चलचित्र ‘दुइ नम्बरी’मा सौगात मल्लको इन्ट्रि भएको छ । अभिनेता पल शाह बिरुद्ध बलात्कारको कसुरमा छानबिन भइरहदा उनको स्थानमा सौगात भित्रिएका हुन् ।
बुधबार निर्माण टिमले पलको ठाउँमा सौगात मल्लसँग हस्ताक्षर गर्दै चलचित्रको छायाँकन अघि बढाउने निर्णय गरेको हो । २ वर्ष अघि नै चलचित्रको छायाँकन शुरु गरिएको थियो । तर, कोरोनाका कारण छायाँकन पुरा हुन् सकेन । हालै पल शाह बिरुद्ध उजुरी परेपछि उनको स्थानमा अर्का अभिनेताको खोजी भएको थियो । निर्माण टिमले बुधबार सौगातसँग सम्झौता गरेको हो ।
चैत्र १५ गतेबाट चलचित्रको छायाँकन पुनः शुरु हुनेछ । चलचित्रको छायाँकन शुरु देखि नै हुनेछ । नायक परिवर्तन भएका कारण यसअघि छायाँकन गरिएका दृष्य काम नलाग्ने भएका हुन् ।
दिपेन्द्र लामाको निर्देशन रहने चलचित्रमा सौगातसँगै दयाहाङ राई, वर्षा राउत, भुटानी अभिनेत्री उगेन छोदेनलगायतका कलाकारको अभिनय रहने छ । दुई साथीको मित्रताको कथामा चलचित्र बन्ने छ ।
चलचित्रको छायाँकनका लागि केही दिन अघि नै भुटानी अभिनेत्री नेपाल आइपुगेकी हुन् । उनले हाल चलचित्रको लागि तयारी गरिरहेको बुझिएको छ । चलचित्रको नयाँ लाइनअफ सँगै तिहारको अवसर पारी कार्तिक ४ गतेबाट प्रदर्शनमा आउने समेत जानकारी दिइएको छ ।
किरण नेपालीको प्रस्तुती रहने चलचित्रमा दिपक मनाङ्गे र अमला देवी राईको लगानी रहने छ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
