‘महाभोज’का निर्देशक र कलाकार भन्छन् – ‘सत्य कहिल्यै लुक्दैन’
यदी तपाईले जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’को टिजर हेर्नुभएको भए ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृष्य पक्कै याद गर्नु भएको होला । यही वाक्यले मंगलवार राती सामाजिक सञ्जाल ततायो ।
प्रचारको मुखैमा चलचित्रका निर्देशक दिनेश राउत सहित कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा लेखेपछि अनेक अड्कलबाजी भए । धेरैले निर्माण टिम भित्र ठूलै तनाव उत्पन्न भएको हुनसक्ने अनुमान लगाए । टिजरमा समावेश वाक्य हो भन्ने तर्फ ख्याल गरेनन् ।
उनीहरुको पोस्ट चलचित्रका कुनै सदस्यप्रति लक्षित नभइ प्रचार रणनीतिको एउटा हिस्सा थियो । चलचित्रको कथा यसै वाक्यको वरिपरि घुमेकाले प्रचारका लागि यसैलाई प्रयोग गरेको देखियो ।
चलचित्रले सहकारी ठगी प्रकरण सम्वन्धी कथा भनेको जनाइएको छ । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने यो साझा स्ट्याटसलाई कतिपयले सहकारी पीडितहरूको पक्षमा कलाकारहरूको ऐक्यबद्धताको रूपमा बुझेको कमेण्टहरुमा उल्लेख छ ।
राज्यका तर्फबाट सहकारी ठगी सम्बन्धी अनुसन्धान यतिबेला जारी नै छ । राजनीतिक दलका नेताहरु मात्र होइन शिर्षस्थ व्यवसायीहरुको संलग्नताका कुराहरु आइरहदा यो विषय अझ पेचिलो बन्दै आएको छ । चलचित्रले ‘सत्य कहिल्यै लुक्दैन’ भनेको छ । हेर्न बाँकी छ यसले कुन सत्यलाई कसरी उजागर गरेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
