चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक
चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलरमा महिला सशक्तीकरणको सन्देश समेटिएको छ ।
लक्ष्मण सुवेदी निर्देशित चलचित्रले छोरी छोरी जन्मिदाको परिवारको पीडाको कथा बोल्छ । कार्यक्रममा निर्देशक सुवेदीले ‘सतीदेवी’ अहिले बजारमा आएको भन्दा भिन्न चलचित्र भएको दाबी गरे । चलचित्रले महिलाको विषयमा समाजमा भएको भ्रम चिर्न सन्देश दिने उनको भनाई छ । सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई चलचित्रमा उतारेको सुनाए । यसअघि विभिन्न फेस्टिभलमा समेत चलचित्रले उत्कृष्ट अवार्ड हात पारिसकेको छ ।
कार्यक्रममा चलचित्रको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले यसको कथा र आफ्नो भूमिका सशक्त लागेर अभिनय गरेको बताइन् । चलचित्रले समाजमा एक किसिमको चेतना बाँड्ने उनको धारणा रहेको छ ।
चलचित्रमा मलिका संगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।
निर्देशक सुबेदीकै लेखन, गीत र निर्माण समेत रहेको चलचित्र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा श्रीदेवी सुवेदीले बनाएकी हुन् ।
भदौ ७ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको थियो ।
चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
