‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ सार्वजनिक
चलचित्र ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा लक्ष्मण सुवेदीको शब्द, दीपक शर्माको संगीत र प्रताप दास र दीपा लामाको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा मलिका महत र सन्दीप बाबु लोहानीको रोमान्टिक अवतार देखिएको छ ।
लक्ष्मण सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रमा मलिका र सन्दीपसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी लगायतको पनि अभिनय रहेको छ ।
बाबु श्रेष्ठको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन रहेको चलचित्रले केही फेस्टिभलहरुमा अवार्ड जितिसकेको छ ।
Latest Updates
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana