चलचित्र ‘सतीदेवी’को प्रिमियर सम्पन्न
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सतीदेवी’को प्रिमियर गरिएको छ । प्रदर्शनको तीन दिनअघि मंगलबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र हेरेपछि उपस्थित अतिथीहरुले यसको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे । सबैभन्दा बढी प्रसंसा भने अभिनेत्री मल्लिका महतले पाएकी छिन । उनको अभिनयको सेलिब्रेटीहरुले खुलेरै तारिफ गरेका छन् ।
चलचित्र हेरेपछि अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, सलोन बस्नेत, सलिन बाँनिया, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशकहरू नवल नेपाल, ज्ञानेन्द्र देउजालगायतले चलचित्रको प्रसंसा गरेका छन् ।
लक्ष्मण सुवेदी निर्देशित चलचित्र मलिका संगै सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी लगायतको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
