‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक
लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ । यसैगरी पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाई समेत फिचर गरिएको छ । उनीहरुलाई रोइरहेको देख्नसकिन्छ ।
यसअघि फर्स्टलुक पोष्टरमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटी रहेको अवस्थामा प्रस्तुत गरिएको थियो ।
निर्देशक सुबेदीकै लेखन रहेको चलचित्र साउन ४ गतेबाट प्रदर्शन हुँदैछ । दिलासा र साराको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सतीदेवी’मा सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीलगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन छ ।
चलचित्रले सौराह दक्षिण एशियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट चलचित्र, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट स्क्रीप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिसकेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
