‘सतीदेवी’ को ठुङ मार्ने फोटो प्रतियोगीता
चलचित्र ‘सतीदेवी’ले फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ । निर्माण टिमले आइतबार चलचित्रको एक फोटो सार्वजनीक गर्दै सोही थिम अनुसारको फोटो पठाउन आव्हान गरेको हो । फोटोमा ‘सतीदेवी’ की शीर्ष अभिनेत्री मलिका महत, सृजना अधिकारी, सुजीता शिवाकोटी र बालकलाकारहरु हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पीढीमा लस्करै बसेर एकअर्काको ठुङ मारिरहेका छन् ।
प्रतियोगीतामा सहभागी हुनका लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘चलचित्र ‘सतीदेवी’ ०७ भदौबाट प्रदर्शन हुदैछ’ भन्ने क्याप्सन लेखेर पोस्ट गरी फेसबुक पेज Sati Devi Nepali Movie (सतीदेवी) मा ट्याग/मेन्सन गर्ने र इन्बक्समा पठाउनु पर्ने छ । त्यसैगरी, @Laxmanzee इन्टाग्राममा अनिवार्य ट्याग/मेन्सन गर्नुपर्ने छ ।
प्राप्त फोटोहरु मध्ये प्रथम स्थान हासिल गर्ने एउटा फोटोलाई रु २०,०००।–, दोश्रोलाई १०,०००÷– र तेश्रो हुनेलाई रु ५,०००÷– नगद पुरस्कार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा कृएसनले जनाएको छ । फोटो पठाउने अबधि साउन ३१ गते रातीसम्म तोकिएको छ भने फोटो प्रतियोगीताको निर्णय ०३ भदौमा हुने र बिजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने बताइएको छ ।
चलचित्र नारी प्रधान कथामा आधारित रहेको तथा नारीहरुको महान् पर्व तीज नजिकीरहेकाले उनीहरुको सम्मानमा यो प्रतियोगीता आयोजना गरिएको निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले बताएका छन् । प्रदर्शन पूर्व नै बिभिन्न उत्कृष्ट अवार्ड जितिसकेको ‘सतीदेवी’ निरन्तर चर्चामा छ । मलिकाका साथमा कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, सुजीता शिवाकोटी, मनिषा सापकोटा, बालिका कलाकार हर्षिका वली, मञ्जिला बाँनीयालगायतको अभिनय रहेको छ । चलचित्रले यसअघि गरिएका बिभिन्न बिशेष शोहरुमा सकारात्मक प्रतिक्रिया पाउको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
