साउन ४ मा प्रदर्शन हुँदै लक्ष्मणको ‘सतीदेवी’

२०८१ बैशाख २४
साउन ४ मा प्रदर्शन हुँदै लक्ष्मणको ‘सतीदेवी’

चलचित्र ‘सतीदेवी’ साउन चार गतेबाट सार्वजनिक प्रदर्शन हुने भएको छ । लक्ष्मण सुवेदीको लेखन र निर्देशन रहेको चलचित्र नारीप्रधान हो । 

बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोह–अवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए । चलचित्रले नारीको कथालाई निकै गम्भीरताको साथ प्रस्तुत गरेको उनको दाबी छ ।

नारीको कथा बोल्ने चलचित्रको शिर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छिन । चलचित्रमा महतका साथै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, संदेश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा दिलासा र साराको प्रस्तुती रहेको छ । श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत र  रामजी लामिछानेको कोरियोग्राफी छ ।

काठमाडौँ, लमजुङ, तनहुँ र कास्कीका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र सर्वोत्कृष्ट अभिनेत्री – जुरी मेन्सन अवार्ड जित्न सफल भएको थियो । यस्तै सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो ।

LPT
Mansara