‘सतीदेवी’को प्रदर्शन मिति हेरफेर, अब ७ भदौमा प्रदर्शन हुने
चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । निर्माण कम्पनी दिलासा कृएसनले जारी गरेको विज्ञप्तीमा पूर्व घोषित साउन ४ को मितिमा केही प्राविधिक कारणले गर्दा प्रदर्शन गर्न नसकिएको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ – ‘पहिला झैँ कुनै चलचित्र, निर्मातालाई असर नपर्ने गरि ‘सतीदेवी’ नयाँ मिति ७ भदौमा प्रदर्शन गर्ने निर्णय गरेका छौं ।’
नयाँ प्रदर्शन मितिसँगै थर्ड लुक्स (पोस्टर) समेत सार्वजनिक गरिएको छ । लक्ष्मण सुवेदीद्वारा निर्देशित चलचित्रको कथा मुख्य पात्र ‘सतीदेवी’ अर्थात मलिका महतको वरपर घुम्छ । चलचित्रमा मलिका संगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।
चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
