कमेडी सिरियल ‘सर्खारको सर’को फर्स्टलुक
कमेडी टेली सिरियल ‘सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । रङ्गहरुको पर्व होलीको अवसर पारेर सिरियलको पोष्टर सार्वजनिक गरिएको हो ।
बिनय पौडेलको निर्देशन रहेको सिरियलको पोष्टरमा तिन मुख्य कलाकारहरु दीपक आचार्य, रबिन्द्र झा र सिपी पुडासैनीलाई फिचर्ड गरिएको छ । सिरियलले राजनीतिक विसंगति संगै नेपाली समाजमा घटेका घटनालाई ब्याङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ ।
सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको सिरियललाई रघुनाथ सापकोटा र लीला केसीले निर्माण गरेका हुन् । सिरियलका सहनिर्माता नवराज भण्डारी हुन् ।
दिपक, रबिन्द्र र सिपीका अलवा लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। सिरियलमा जीवन पराजुलीको छायाँकन र रोहन जिरेलको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
