चलचित्र बलिदानलाई सांस्कृतिक रुपान्तरण पुरस्कार
ऐतिहासिक चलचित्र बलिदानलाई सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गरिएको छ । चलचित्र विकास बोर्डले संविधान दिवसका अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।
नेपाली चलचित्र इतिहासको उत्कृष्ट एवं कालजयी चलचित्र मार्फत राष्ट्रियता, सामजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवद्र्धन तथा नेपाली समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रुपान्तरणमा योगदान गर्ने एक चलचित्रलाई सम्मान गर्दै जाने निर्णय बमोजिम यसपटक बलिदानलाई पुरस्कृत गरिएको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा, बलिदान चलचित्रबाट पाँच जनासहित अन्य सात जना गरी जम्मा १२ जना व्यक्तिहरूलाई सम्मानित गरिएको छ। बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, सङ्गीतकार श्याम तमोट, अभिनेता हरिवंश आचार्य, गायिका लोचन भट्टराई लगायतलाई पुरस्कार प्रदान गरिएको थियो । साथै, अन्य पुरस्कृत हुनेहरूमा अभिनेता रमेशरञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, सङ्गीतकार विकास चौधरी, र अभिनेत्री प्रेमा अधिकारी गैरे रहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
