Modibeni
Numbari Sun

‘सानो संसार’ शुभमुहूर्त, जेठ २५ बाट छायांकन

२०८१ जेष्ठ ११
‘सानो संसार’ शुभमुहूर्त, जेठ २५ बाट छायांकन

‘सानो संसार’ नाममा पुनः चलचित्र निर्माण हुने भएको छ । अर्जुन कुमारको निर्माण रहने चलचित्रको शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । समारोहमा चलचित्रकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिइन ।

चलचित्रका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप र निर्माता अर्नुन कुमारले नरिवल फोडेका थिए । चलचित्रमा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले यसै चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आगामी जेठबाट फ्लोरमा जाने चलचित्रको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिनेछ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको छायांकन सेड्युल ३० दिनको राखिएको निर्माता कुमारले बताए । चलचित्रमा सम्पुर्ण नयाँ कलाकारलाई लिएर आफुले काम गरेको र एक पटक सवै नयाँ नै हुने भएकाले आफुले प्रोहत्सान गरेको उनले बताए । १६ वर्ष अगाडी यही नाममा स्वर्गिय आलोक नेम्वाङले निर्माण गरेको चलचित्रसँग कुनैपनि सम्बन्ध नरहेको बताए ।

यो एकदमै फ्रेस स्टोरी हो । निर्देशक सिद्धार्थ पुडासैनीको कथा मन परेकाले आफुले यो चलचित्र निर्माण गरेको हुँ । नेपाली चलचित्रलाई अगाडी बढाउन एउटै निर्देशक र निर्माताले मात्रै नसक्ने भन्दै नयाँ मान्छे र नयाँ कन्सेप्ट आउन जरुरी रहेको निर्माता कुमारको भनाई छ । साथै आफुलाई अहिलेका चलेका कलाकारले टाइम नदिएकाले यसअघि घोषणा गरेका प्रोजेक्टलाई पछाडी धकेल्दै आफुले यो चलचित्र निर्माण गर्न लागेको उनको भनाई छ ।

सिद्धार्थले यही चलचित्रबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई चलचित्रको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । शुभमुहूर्तसँगै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो चलचित्रका आगामी दशैंको घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।

Gharjwai