संगीत र नाट्य बिधाका ६० श्रष्टालाई सरकारी परिचय पत्र
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संगीत र नाट्य क्षेत्रमा बिशिष्ठ योगदान पुर्याएका ६० श्रष्टा तथा कलाकारलाई प्रतिष्ठित श्रेणीको परिचयपत्र प्रदान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) र उपकुलपति शम्भुजित बाँस्कोटाले संयुक्त रूपमा परिचयपत्र प्रदान गरेका हुन् ।
परिचयपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले साहित्य, कला, सङ्गीत र नाट्य मौलाएको देश मात्र खुशी हुने बताए । उनले यी विधाहरुको विकासले समृद्ध नेपाल सुखी नेपाली बनाउन सहयोग पुर्याउने जिकिर गरे । मन्त्री अधिकारीले आफुले रोयल्टी र परिचय पत्रका विषयमा पहिलेदेखि नैं पहल गरिरहेको भन्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सही श्रष्टा तथा कलाकारको छनौट गरेको विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले देशलाई सांस्कृतिक रुपमा धनी बनाउने कलाकारहरु सरकारी परिचयपत्रबाट सम्मानित हुने बताए । परिचयपत्रबाट सम्मानित कलाकारलाई आफूले राष्ट्रियस्तरबाट नै सुविधाका सम्बन्धमा पहल गर्ने पनि मन्त्री अधिकारीले प्रकाश पारे । आफूले सङ्गीतका सम्पूर्ण विधाहरु समेटेर विश्वविद्यालय बनाउन पहल गर्ने प्रतिबद्धता उनले कार्यक्रममा जनाएका छन् ।
कार्यक्रममा बोल्दै कुलपति सरुभक्तले कलाकारलाई सुविधा उपलव्ध गराउनेमा प्रज्ञा प्रतिष्ठान प्रयन्नरत रहेको छ बताए । कुलपति सरुभक्तले श्रष्टा तथा कलाकारहरुको आफ्नो सिर्जना नै पहिचान रहेको र राज्यले प्रदान गर्ने श्रष्टा तथा कलाकार परिचय पत्रले थप पहिचान पुर्याउनमा सहयोग पुग्ने जनाए ।
यस्तै प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले परिचय पत्र प्राप्त गर्ने श्रष्टा तथा कलाकारलाई सेवा सुविधा प्रदान गर्नका लागि वायुसेवा कम्पनी, स्वास्थ्य संस्था, यातायात, बैंकलगायतका क्षेत्रहरुमा पहल भईरहेको पनि जानकारी दिए । उपकुलपति बासकोटाले परिचय पत्र नेपाली तथा अंग्रेजी दुवै भाषामा वितरण गरिएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत श्रष्टाहरुको पहिचान दिलाउने जिकिर गरे ।
कार्यक्रममा प्राज्ञ आलोक श्री, प्राज्ञ भरत नेपाली, प्राज्ञ चेतनारायण राई, प्राज्ञ सकुन्तला प्रधान, प्राज्ञ हरिबहादुर थापा, प्राज्ञ शान्तिराम राई, प्राज्ञ यज्ञराज उपाध्यायलाई स्रष्टा परिचयपत्र प्रदान गरियो । यस्तै विश्व बल्लभ, सि.के. रसाइली, शम्भु राई, शिला बहादुर मोक्तान, प्रेमनाथ अधिकारी, शुभबहादुर सुनाम, चुणामणी देवकोटा, कुन्ती मोक्तान, नन्दकृष्ण जोशी, नारायण कुमार आचार्य, नारायण रायमाझीलाई पनि प्रतिष्ठित श्रेणीको परिचय पत्र वितरण गरियो । सोही कार्यक्रममा उज्ज्वल शर्मा भण्डारी, विजय विष्फोट, लक्ष्मी श्रेष्ठ, मदनसिंह नेपाली, श्याम प्रसाद खडकी, सिन्धु जलेसा बुढाथोकी, सुनिल मास्के, योगेन्द्रमणी दाहाल, बाबा बस्नेत, बसन्त प्रसाद भट्ट, ईश्वर अमात्यलगायतका ६० जनालाई प्रतिष्ठित श्रेणीको कलाकार परिचयपत्र प्रदान गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
