आर्जन पाण्डेको ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक
गायक आर्जन पाण्डेको नयाँ गीत ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा आर्जनको स्वर, अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत र सन्दिप कार्कीको संगीत संयोजन रहेको छ ।
सोमबार आधुनिक जनराको गीतको अडियो सँगै लिरिकल भिडियो सार्वजनिक गरिएको हो । स्टुडियो सागरमा रेकर्ड गरिएको गीतको लिरिकल भिडियो इभन भण्डारीले तायार पारेका हुन् ।
सन् २०१५ देखि गायनमा सक्रिय आर्जनका ‘ओइलिएर झर्न दिन्न’ ‘रेलिमाई’, ‘डलर’, ‘झुसे बारुलो’, ‘तिमीलाई हेरी हेरी’ लगायतका गीतहरु चर्चित छन् । उनले आधुनिक, पप, लोक पप, चलचित्रजस्ता विभिन्न विधाका गीतमा स्वर दिएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
