‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर सार्वजनिक

२०७९ आषाढ १८
‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर सार्वजनिक

असार ३१ गतेबाट प्रदर्शन हुने चलचित्र ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ ।

निमेष प्रधानको निर्देशन रहेको चलचित्रले चिया बगानका मजदुरका समस्यालाई चित्रण गर्न खोजेको छ । दार्जिलिङ, सिलगुढी, सिक्किमलगायतका स्थानमा छायाँकन गरिएको चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्गठ, छुल्टिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको चलचित्रका दुई गीत ‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ सार्वजनिक भइसकेको छ ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्र शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । चलचित्रका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

LPT
Mansara